February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीले मनाए सातौं वार्षिकोत्सव

February 27, 2021

चितवन / एस एण्ड पी कम्पनीले सातौं वार्षिकोत्सव मनाएको छ । चितवनको कम्पनी दर्ता गर्ने एकमात्र आधिकारिक सेवा केन्द्र एस एण्ड पी कम्पनीले शनिबार जिल्ला समन्वय समिति चितवनको हलमा वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख प्रदीपराज अधिकारीले देशभर २ लाख ५० हजार कम्पनी दर्ता भएको बताए । कम्पनी खोल्न सिफारिस नचाहिने र उद्योगमा दर्ता गर्दा उद्योग विभाग वा घरेलुमा दर्ता हुनु पर्ने प्रमुख अधिकारीको भनाइ थियो ।
कम्पनीबाट धेरै काम गर्न सकिने भएकाले पहिले जस्तो सिफारिसको झन्झट हटाउँदै लगिएको उनले भने । उनले कम्प्युटर सेवा, जनचेतनासम्बन्धी कार्यक्रम ७५ जिल्लामा लगिने बताए । कम्पनी सम्बन्धी चेतना कम भएकाले देशभर व्यापक रुपमा लैजाने योजना भएकाले सबैलाई सहयोगको लागि उनले आग्रह गरे ।
कार्यक्रमका सभापति सूर्य श्रेष्ठद्वारा प्रमुख अतिथि अधिकारीलाई गैंडाको मूर्ति मायाको चिनो प्रदान गरिएको थियो । साथै अतिथिहरु लगायत कम्पनीका कर्मचारीलाई पनि मायाको चिनो दिइयो ।
सो अवसरमा कम्पनी सम्बन्धी विविध अन्तक्र्रिया तथा आन्तरिक राजस्व कार्यालयका कर अधिकृतबाट व्यावसायिक करदाताहरुलाई आयकर, मू.अ.कर र अन्तशुल्क सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार तुलसीराम गैरे, अधिकृत नारायणकुमार विष्ट, करअधिकृत कपिल नेपाल, चितवन बार एसोसियसनका निवर्तमान उपाध्यक्ष हरि मैनाली, ना.सु. टीकाप्रसाद घिमिरे, भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -