२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीले मनाए सातौं वार्षिकोत्सव

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते

चितवन / एस एण्ड पी कम्पनीले सातौं वार्षिकोत्सव मनाएको छ । चितवनको कम्पनी दर्ता गर्ने एकमात्र आधिकारिक सेवा केन्द्र एस एण्ड पी कम्पनीले शनिबार जिल्ला समन्वय समिति चितवनको हलमा वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख प्रदीपराज अधिकारीले देशभर २ लाख ५० हजार कम्पनी दर्ता भएको बताए । कम्पनी खोल्न सिफारिस नचाहिने र उद्योगमा दर्ता गर्दा उद्योग विभाग वा घरेलुमा दर्ता हुनु पर्ने प्रमुख अधिकारीको भनाइ थियो ।
कम्पनीबाट धेरै काम गर्न सकिने भएकाले पहिले जस्तो सिफारिसको झन्झट हटाउँदै लगिएको उनले भने । उनले कम्प्युटर सेवा, जनचेतनासम्बन्धी कार्यक्रम ७५ जिल्लामा लगिने बताए । कम्पनी सम्बन्धी चेतना कम भएकाले देशभर व्यापक रुपमा लैजाने योजना भएकाले सबैलाई सहयोगको लागि उनले आग्रह गरे ।
कार्यक्रमका सभापति सूर्य श्रेष्ठद्वारा प्रमुख अतिथि अधिकारीलाई गैंडाको मूर्ति मायाको चिनो प्रदान गरिएको थियो । साथै अतिथिहरु लगायत कम्पनीका कर्मचारीलाई पनि मायाको चिनो दिइयो ।
सो अवसरमा कम्पनी सम्बन्धी विविध अन्तक्र्रिया तथा आन्तरिक राजस्व कार्यालयका कर अधिकृतबाट व्यावसायिक करदाताहरुलाई आयकर, मू.अ.कर र अन्तशुल्क सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार तुलसीराम गैरे, अधिकृत नारायणकुमार विष्ट, करअधिकृत कपिल नेपाल, चितवन बार एसोसियसनका निवर्तमान उपाध्यक्ष हरि मैनाली, ना.सु. टीकाप्रसाद घिमिरे, भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91