२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

कोरोनाले रोजगारी गुमाएका तीन लाख नेपाली स्वदेश फिर्ता

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते
file photo.

काठमाडौँ / पछिल्लो एक वर्षको अवधिमा कोरोनाले रोजगारी गुमाएर अलपत्र परी वैदेशिक रोजगारको आकर्षक गन्तव्य मानिएका देशहरूबाट तीन लाख बढी नेपाली घर फर्किएका छन् । अलपत्र परेका ती नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको हो ।
कोरोना महामारी सुरु भएपछि सरकारले पहिलोपटक २०७६ फागुन पहिलो साता चीनको उहानबाट १७५ जना विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याएको थियो । त्यसयताको एक वर्षमा सरकारले विश्वका विभिन्न देशबाट उद्धार गरी स्वदेश फर्काएको नेपालीको संख्या तीन लाख नाघेको छ ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार २०७६ फागुन पहिलो सातायता २०७७ फागुन १४ गतेसम्मको अवधिमा कोभिड–१९ का कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका तीन लाख ६५७ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ।
पछिल्लो एक वर्षको अवधिमा अलपत्र परी स्वदेश फर्कनेहरू अधिकांश नेपालीका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य मानिएका देशहरूबाट रहेका छन् । उनीहरूलाई कूल दुई हजार १६७ उडानमार्फत् उद्धार गरी स्वदेश फर्काइएको सीसीएमसीले जनाएको छ । हालसम्म यूएईबाट सबैभन्दा बढीले रोजगार गुमाएर नेपाल फर्केका छन् । यूएईबाट पछिल्लो एक वर्षको अवधिमा कोरोनाका कारण रोजगारी गुमाएर फर्कनेको संख्या ९२ हजार ६६४ पुगेको छ ।
सीसीएमसीका अनुसार सबैभन्दा ठूलो संख्यामा युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, मलेसिया, साउदी अरब, कुवेत, जापान, टर्की र भारतबाट उद्धार गरी स्वदेश फकाइएको छ । हालसम्म यूएईबाट सबैभन्दा बढीले रोजगार गुमाएर नेपाल फर्केका छन् । यूएईबाट पछिल्लो एक वर्षको अवधिमा कोरोनाका कारण रोजगारी गुमाएर फर्कनेको संख्या ९२ हजार ६६४ पुगेको छ ।
यस्तै, उद्धार गरी नेपाल ल्याइएकामा कतारबाट ७० हजार ६७९, मलेसियाबाट ३४ हजार ७९, साउदी अरबबाट ३१ हजार ६३६, कुवेतबाट १७ हजार ३५६, ओमानबाट तीन हजार २७१, बहराइनबाट एक हजार ३३९, जापानबाट आठ हजार ६८९, टर्कीबाट आठ हजार ५९० र भारतबाट १५ हजार २७३ जना रहेका छन्।
सरकारले हालसम्म विश्वका ६० देशबाट अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । सीसीएमसीको तथ्याङ्कअनुसार इजरायलबाट २५, साइप्रसबाट १६६, अस्ट्रेलियाबाट एक हजार २४४, फिलिपिन्सबाट२०१, म्यानबारबाट २६, कम्बोडियाबाट ३३, सिंगापुरबाट तीन हजार ३९३, थाइल्याण्डबाट ४८९, बंगलादेशबाट एक हजार ३४३, अफगानिस्तानबाट १२३, श्रीलंकाबाट ४४, माल्दिभ्सबाट एक हजार १८, पाकिस्तानबाट १११, चीनबाट एक हजार ८१६ र हङकङ÷मकाउबाट एक हजार ९८५ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ ।
त्यसैगरी दक्षिण कोरियाबाट दुई हजार ७९४, अमेरिकाबाट ६१८, क्यानडाबाट ३८, डेनमार्कबाट २१, फिनल्याण्डबाट १९, नर्वेबाट २०, स्वीडेनबाट १३, अर्मेनियाबाट दुई, जर्मनीबाट ४७, पोल्याण्डबाट पाँच, चेक गणतन्त्रबाट दुई, स्वीट्जरल्याण्डबाट १५, इटालीबाट ३९, बेल्जियमबाट नौ, नेदरल्याण्ड्सबाट ३०, अस्ट्रियाबाट तीन, ग्रिसबाट ३९, स्पेनबाट १३, फ्रान्सबाट १९, पोर्चुगलबाट पाँच, बेलायबाट २५८, युगाण्डाबाट छ जनालाई उद्धार गरी ल्याइएको छ।
यस्तै, सुडानबाट पाँच, दक्षिण सुडानबाट २५८, जोर्डनबाट ६५१, ट्युनिसियाबाट दुई, इथोपियाबाट पाँच, सोमालियबाट एक, इरानबाट दुई, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, इराकबाट ३९ र भुटानबाट १४ जनालाई सरकारले उद्धार गरी ल्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37