२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

सरकारसँग वार्ता गर्न विप्लव समूहको समिति गठन

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते
Photo : google
- ADVERTISEMENT -

काठमाडौं / सरकारसँग वार्ता गर्नका लागि प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ । सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।
सरकारी तवरबाट समेत पछिल्लो समय वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो । विप्लव समूहको वार्ता समितिमा को-को सदस्य छन् भन्ने बताइएको छैन । यो वार्ता समिति औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङले हिजो मात्र विप्लव समूलाई वार्ताका लागि औपचारिक आह्वान गरेको थियो ।

- ADVERTISEMENT -