March 19, 2025
- ADVERTISEMENT -

सरकार र विप्लव समूहको वार्ता निष्कर्ष नजिक

March 3, 2021

चितवन / नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच आज भएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको छ ।
साँझ सकिएको वार्ता निष्कर्ष नजिक पुगेको वार्तामा सरकारी टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘ दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’
सरकार र प्रतिवन्धित विप्लव समूहबीच आज बिहान पहिलो चरणको औपचारिक वार्ता भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए ।
वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता÷कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको थियो ।

- ADVERTISEMENT -