२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

ओली निकट राष्ट्रिय युवा संघ चितवनको संयोजकमा केसी

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते
Photo : Khabartarang
- ADVERTISEMENT -

चितवन / राष्ट्रिय युवा संघ नेपाल चितवनको नयाँ कमिटी घोषणा भएको छ । आज भरतपुरमा भएको कमिटी घोषणा कार्यक्रममा शुशिल केसीको संयोजकत्वमा ५ सय १ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटीको सह संयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रीन, युगदर्शन चापागाईं र प्रकाश श्रेष्ठ चयन भएका छ्न ।
कार्यक्रममा जिल्ला भित्रका पालिकाहरुको संयोजक , सहसंयोजक र कमिटीहरु गठन भएको छ । नेकपा युवा नेता महेश बस्नेतले जिल्ला कमिटी सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको छ ।

- ADVERTISEMENT -