February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्यानमारमा मारिए एकै दिन ३८ जना प्रदर्शनकारी 

March 4, 2021
Photo : bbc

म्यानमार / सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा उनीहरु मारिएका हुन् ।
सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले प्रकाशन गरेको समाचारमा उल्लेख छ ।
म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।
सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

- ADVERTISEMENT -