चितवन / नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा न्ेपाली कांँग्रेस ओलीसंँग मिलेर सरकारमा जान नसक्ने बताएका छन । आज भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीलाई सहयोग गर्नु काँग्रेसको नैतिकता बाहिरको कुरा रहेको बताएका हुन ।
उनले प्रचण्ड माधव समुह सँग मिल्न सकिने संकत गर्दै भने, ‘यस्तो बेलामा केपी ओलीलाई सर्पोट गर्नु कांँग्रेसको नैतिकताले दिदैन । प्रचण्ड र माधबको बिषयमा पोजिटिभली हुन सकिन्छ । यसमा पोजिटिभ्ली छलफल हुन्छ ।’ उनले भने । प्रचण्डले यसअघि धोका दिएको जिज्ञासाको जवाफ दिदै उनले राजनीतिमा कसले कतिखेर धोका दिने भन्ने बिषय नौलो नभएको आशय व्यक्त गरे । राजीनिती त्यसरी चल्दैन ।कसले राजनीतिमा कसले कसलाई धोका दियो ।
कतिखेर धोका दिन्छ भन्दा पनि कम्युनिष्ट विचारनै मिल्देन । उनीहरुको अलग्गै दर्शन छ । चाहे केपी ओली चाहे प्रचण्ड , चाहे झलनाथ । यतिबेलाके दोषी र अभियुक्त केपी ओली भएका कारण ओली बाहेकका पार्टीसंगका मिलेर अहिलेको देशको संकट टार्नुपर्ने उनको भनाई थियो । ‘अहिलेको आवश्यकता केहो त्यही अनुसार अघि बढ्नुपर्दछ ।’ उनले भने । देश यथास्थितिमा नरहने भन्दै उनले आन्तरिक रुपमा पार्टीभित्र सरकारमा जाने नजाने बिषयमा छलफल भईरहेको बताए ।
केन्द्रीसमितिको वैठक बोलाएर छलफल गर्नुपर्छ । नेपालको भद्रगोल राजनीतिबाट बचाउनु पर्छ । विघटनबाट बचेको छ । कांँग्रेसको भूमिका जिम्मेवार भूमिकामा रहनुपर्छ । । संकटबाट पार लगाउने जिम्मा कांँग्रेसको रहेको भन्दै यस्तो बेला कांँग्रेसको महत्व झनै बढ्ने पौडेलले बताए । प्रचण्ड नेपाल समुहसंँग मिलेर जांँदा कम्फर्टले हुन्छ कि भन्ने प्रसंगमा उनले भने, ‘इन्डिया , चाइनालाई कम्फर्टेवल भन्दा पनि नेपाललाई कम्फर्टेवल हुनु परयो । अहिलेसम्म नेपाल प्रयोगको थलो मात्र भएको छ । मेरो भूमिका व्यवस्थालाई बचाउन बढी जोड हुनेछ ।’
‘केपी ओली अहिलेका दोषी हुन्, सपोर्ट गर्न हुँदैन’ – नेता पौडेल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
