चितवन / द आर्ट अफ लिभिङ चितवनले ‘शिवरात्री महोत्सव’ मनाउँदै छ । विश्वको १५६ वटा देशमा लोकप्रिय कमाएका आर्ट द लिभिङ अफ चितवनले प्रेस सम्मेलनमार्फत् आज ‘शिवरात्री महोत्सव’ मनाउने तयारी गरेको संयोजक भोजबहादुर खड्काले जानकारी दिए ।
संयोजक खड्का अनुसार ख्यातीप्राप्त आध्यात्मिक व्यक्तिहरुको उपस्थितिमा पूर्वी दर्शन आत्मज्ञान बारे चर्चा, महाशिवरात्री बारे चर्चा, योग्याभ्यास, ध्यान एवं प्राणायाम, होम तथा गुरु पूजा र सत्संग तथा शिव भजनलगायत कार्यक्रम हुनेछ ।
देशका विभिन्न जिल्लाका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने उनले बताए । सो अवसरमा सामाजिक कोर्ष, जीवन खुशी राख्ने उपाय, जीवन जिउने कला सिकाइने भएकाले सम्पूर्णलाई उपस्थितिको लागि उनले आग्रह गरे ।
कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्वारा हुने भएको छ भने सत्संग र होमा राति ९ बजेपछि रविशंकर गुरुको लाइभ हुने बताइएको छ । कार्यक्रम विश्वको १५६ राष्ट्रमा हुँदैछ भने १९८१ मा स्थापना भएको उनले भने ।
द आर्ट अझ लिभिङले आज ‘शिवरात्री महोत्सव’ मनाउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
