२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

व्यवसायिक कृषिमा एनसीसी बैंकको सम्झौता

प्रकाशित मिति : २०७७ चैत्र २ गते

चितवन / चितवनका दुग्ध उत्पादक किसानलाई लक्षित गर्दै व्यवसायिक कृषि तथा पशुपक्षी कर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिडेट बीच आइतबार उक्त सहमतिमा हस्ताक्षर भएको हो ।
आइतबार संघको कार्यालयमा संघका अध्यक्ष रत्नमणि न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशराज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । यो सम्झौता एक वर्षको लागि लागू हुने सिइओ अर्यालले बताउनुभयो । सहकारी संघ र बैंकबीचको समझदारीले किसान र बैंकबीचको सम्बन्ध नजिकिने संघका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
बैंकले पनि किसान र बैंक दुवैलाई फाइदा हुने गरी काम गरेको जनाएको छ । किसानसँग सहकार्य गरेर बैंकले आफ्नो क्षेत्र थप फराकिलो बनाउने प्रयास गरिएको बैंकका सिइओ अर्यालले बताउनुभयो । दुवै पक्षबीच भएको समझदारीअनुसारका काम गर्दै जाने उहाँले बताउनुभयो । आवश्यक परे आगामी वर्ष पनि थप नवीकरण गर्न सकिने उहाँले बताउनुभयो ।
चितवन दुग्ध उत्पादनको क्षेत्रमा अग्रणी जिल्लाको रुपमा चिनिन्छ । त्यसैले बैंकसँगको सहकार्यबाट उत्पादनलाई वृद्धि गर्न सकिने लक्ष्य लिइएको संघका सचिव किशोर बगालेले बताउनुभयो । किसानले अनुदान लिँदा बैंकबाट ३० प्रतिशत ऋण लिएको हुनुपर्ने भएकाले समेत बैंकसँग सम्झौता गरिएको बगालेको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36