February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युनियनको भेलाले अधिकारीलाई चुन्यो साझा उम्मेदवार

March 22, 2021

चितवन / पत्रकार नारायणप्रसाद अधिकारीलाई आसन्न पत्रकार महासंघको चुनावका लागि साझा उम्मेदवार घोषणा गरिएको छ । नेपाल प्रेस युनियन चितवनले आइतबार आसन्न पत्रकार महासंघको चुनावका लागि साझा उम्मेदवार घोषणा गरेको हो ।
भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष समेत रहेका नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।
भरतपुर–११ निवासी अधिकारी दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहेका छन् भने यसअघि हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादकमा समेत कार्यरत थिए । युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उम्मेद्वार घोषणा गरिएको बताए ।
पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाई एक्यवद्ध बनाउन सक्ने बताए । युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नयाँ नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आव्हान गरेका छन् ।
चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जित सुनिश्चित रहेको बताए । महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाई मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई साझा उम्मेदवार बनाइएकोमा खुशी व्यक्त गरे ।

- ADVERTISEMENT -