चितवन / पत्रकार नारायणप्रसाद अधिकारीलाई आसन्न पत्रकार महासंघको चुनावका लागि साझा उम्मेदवार घोषणा गरिएको छ । नेपाल प्रेस युनियन चितवनले आइतबार आसन्न पत्रकार महासंघको चुनावका लागि साझा उम्मेदवार घोषणा गरेको हो ।
भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष समेत रहेका नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।
भरतपुर–११ निवासी अधिकारी दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहेका छन् भने यसअघि हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादकमा समेत कार्यरत थिए । युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उम्मेद्वार घोषणा गरिएको बताए ।
पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाई एक्यवद्ध बनाउन सक्ने बताए । युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नयाँ नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आव्हान गरेका छन् ।
चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जित सुनिश्चित रहेको बताए । महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाई मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई साझा उम्मेदवार बनाइएकोमा खुशी व्यक्त गरे ।
- ADVERTISEMENT -

युनियनको भेलाले अधिकारीलाई चुन्यो साझा उम्मेदवार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










