April 22, 2025

सुनौलो संगम ट्राइबेकरमा विजयी, भोलि अभिषेक चर्च विरुद्ध अफ्रिकन रुटस् भिड्ने (भिडियो सहित)

March 26, 2021
File photo.
- ADVERTISEMENT -

चितवन / क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सुनौलो संगम युवा क्लब बुटवल विजयी भएको छ । निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा दुबै पक्षबाट २–२ बराबरी गोल भएपछि ट्राइबेकरमा सुनौलो संगम युवा क्लबले फार्साटिकर युवा क्लब रुपन्देहीलाई ५–३ गोल अन्तरले हराएको हो ।
प्रतियोगिता पहिलो हाफको १२औं मिनेटमा सुनौलो संगमका जर्सी नं. ९ का सरद क्षेत्रीले १ गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । खेलको १ मिनेटमा नै फार्साटिकर युवा क्लबका जर्सी नं. ९ का नवराज गुरुङले जवाफी गोल फर्काउन सफल भएका थिए ।
त्यसैगरी दोस्रो हाफमा फार्साटिकरका सन्जु सेनले २० औं मिनेटमा १ गोल थपे । जवाफी व्यक्तिगत गोल फर्काउँदै सरद रेग्मीले टिमको बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच सुनौलोका २ गोलकर्ता सरद क्षेत्री भएका थिए भने उनले पाँच हजार पुरस्कार प्राप्त गरे ।
भोलि शनिबार हुने प्रतियोगिता अभिषेक चर्च रजहर विरुद्ध अफ्रिकन रुटस् एशोसियसन क्यामरुन बीच हुनेछ । दर्शकले अफ्रिकन रुट्स भएका कारण निकै चासोको रुपमा हेरिएको छ ।

- ADVERTISEMENT -