चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले हराएका र चोरीभएका गरि १५ वटा मोबाईल सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेको छ । आज प्रहरी परिसरमै एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई मोबाईल हस्तानतरण गरिएको हो । चैत १ गते देख आजको दिनसम्म जिल्ला प्रहरी बाट खटिएका टोलिले २५ थान मोबाई फेला पारेका छन् ।
बाकि १० जना सम्पर्कमा नआएकाले खोज तलास गरि मोबाईल धनिलाई हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवं प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो । यस्तै चोरि भएको मोबाईल फेला पारिदिएकोमा एक महिलाले प्रहरीको प्रसंसा गर्नुभएको थियो ।साथै उहाँले चोरि भएको मोबाईल संगै चोर चिन्न पाए आफुसंगै समाजका अरुपनि सतर्क हुने धारणा राख्नुभएको थियो ।
उहाँको घरबाटै मोबाईल चोरी भएको थियो । त्यस लगतै चोरी उजुरी हालनुभएकी उहाँको मोबाईल पसलमा बिक्री भईसकेको अवस्थामा प्रहरीले भेटाएको थियो ।
चोरीका १५ थान मोबाईल फिर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
