मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौँडामा आज बुधबारदेखि निजी विद्यालय खुल्ने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मकवानपुरले हेटौँडा उपमहानगरपालिका क्षेत्र भित्रका निजी विद्यालयहरु खोल्न आग्रह गरेसँगै विद्यालय खुल्ने भएको हो ।
प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा एक सूचना जारी गर्दै हेटौंडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो ।
केही दिनदेखि वायुमण्डलमा देखिएको प्रदुषणका कारण सोमबार बसेको शिक्षा मन्त्रालयको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्याब्सनद्वारा आजदेखि निजी विद्यालय खोल्न आग्रह
March 31, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
