February 6, 2025
- ADVERTISEMENT -

‘एमालेलाई बलियो बनाएर अघि बढ्नुपर्छ’

March 31, 2021
Photo : Tukhabar

मकवानपुर / नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा बसेको नेकपा एमाले बागमती प्रदेश, संसदीय दलको बैठकमा बोल्दै नेतृ शाक्यले सो कुरा बताएकी हुन् ।
उनले आफु एकताको पक्षमा रहेकाले नेकपा एमालेलाई एकताबद्ध बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।
निषेधको राजनीति त्यागेर सबैलाई समेट्न सक्ने खालको नेतृत्व वर्तमान कम्युनिष्ट पार्टी आवश्यक रहेको उनले बताइन् ।
कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार, विधि र पद्धतीलाई लत्याउने जो कोही पनि कम्युनिष्ट पार्टी कार्यकर्ता हुन नसकने उनले दाबी गरिन् ।
बैठकमा उनले नेकपा एमालेलाई जनताले विश्वास गरेर बहुमत दिएको भएपनि सरकारले जनताहितमा काम गर्न नसकेको धारणा व्यक्त गरिन् ।
नेकपा एमाले आफै भित्रका लडाइमा लग्दा कम्युनिष्ट आन्दोलन र कम्यसनिष्ट पार्टी दुबै संकटमा परेको उनको भनाई छ ।
वर्तमान कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले जनताको हितका लागि कुनै पनि काम गर्न नसकेकाले सरकारले बाटो बदल्नुपर्ने अवस्था आएको उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -