February 6, 2025
- ADVERTISEMENT -

गोलरक्षक चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी

April 5, 2021

काठमाडौं / नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।
एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् । १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५ दशमलव ६९ प्रतिशत मत ल्याएका थिए ।
दोस्रो स्थानमा रहेका साउदी अरवका सलेह अल सेहरीले २० दशमलव ७२ प्रतिशत तथा तेस्रो स्थानमा रहनुभएका इराकका अला अली मवाइले १० दशमलव १६ प्रतिशत मत ल्याएका छन् । राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १० छनोट गरी एएफसीले सर्वेक्षण गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -