काठमाडौं / नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् ।
होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् । यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।
होटेल एशोसिएशन नेपाल ९हान०का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।
‘काठमाडौंमा केही भारतीय आउन थालेका छन्,’ शाक्यले भने, ‘उनीहरू पर्यटकको रूपमा भन्दा पनि खाडी मुलुकहरूमा काम गर्न जानेहरू हुन् । काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि अन्य देश जाने गरेका छन् ।’ यसले होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार देखिएको छ । कोरोना भाइरस र त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि हवाई उडान खुला हुँदा करीब २ देखि ३ प्रतिशतसम्म अकुपेन्सी थियो । अहिले त्यसमा झीनो सुधार हुँदै विगत २० दिनयता झन्डै ५ प्रतिशत पुगेको छ ।
मार्चमा झन्डै १५ हजार पर्यटक नेपालमा आएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले अहिलेको संख्या अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् ।
कोरोना भाइरसको संक्रमण कम भएका बेला र खोप पनि प्रयोगमा आएपछि भने विदेशी पर्यटक आउने आकलनका बीच पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि पर्यटन व्यवसायीहरू थप सशंकित हुन थालेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












