२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप : निर्देशनालय

प्रकाशित मिति : २०७७ चैत्र २८ गते

काठमाडौँ / सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ ।
अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन् । डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण अर्को समस्या बनेर उभिएको छ। धनगढीका प्रदेश वन निर्देशनालय सुदूरपश्चिम निर्देशक हेमराज विष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ। ‘तराईबाट चुरेतर्फ हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले भने, ‘आँखाले नभ्याउने ठाउँमा त डढेलो कति हो कति!’ उनले पर्याप्त जनशक्ति र उपकरण अभावले जंगलैभरि लागेको डढेलो निभाउन आफूहरू असमर्थ भएको बताए ।
‘डढेलो निभाउन सक्ने दक्ष र पर्याप्त जनशक्ति छैन,’ उनले भने, ‘न त हामीसँग आधुनिक उपकरण नै छ।’ सामान्य औजार र उपकरण किनेर सामुदायिक वनलाई भने आफूहरूले दिएको उनले बताए। एकातिर गर्मी अर्कातिर लामो समयदेखिको खडेरी, जसले गर्दा वन क्षेत्रमा लागेको डढेलोले चाँडै फैलिन पाउने उनको भनाइ छ।
‘यसपालि हिउँदमा वर्षात् नहुँदा डढेलोको प्रकोप बढेको छ,’ उनले भने। गत वर्षको तुलनामा यो वर्ष हिउँदे वर्षा भएको छैन। हिउँदमा पानी पर्दा गिट्ठा तथा अन्य झारपात उम्रिएपछि आगलागीका घटनामा कमी आउने भए पनि यसपालि भने पानीसमेत नपर्दा समस्या आएको उनले बताए।
‘हिउँदे वर्षा नहुनु र खडेरीले गर्दा यसपालि डढेलोको जोखिम बढी छ,’ उनले भने, ‘डढेलोबाट वन जोगाउन सबैभन्दा बढी खाँचो जनचेतनाको छ ।’ समुदायमा रहेका केही गलत सोचका कारण मानिसले जंगलमा आगजनी गर्ने गरेको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98