२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘छिट्टै संघीय शिक्षा ऐन लागू हुने’ – सभापति पोख्रेल

प्रकाशित मिति : २०७७ चैत्र २९ गते

–प्रीति तामाङ
चितवन । कानुन न्याय तथा संघीय व्यवस्था समितिका सभापति कृष्णभक्त पोख्रेलले छिट्टै नै संघीय शिक्षा ऐन लागू हुने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले शनिबार आयोजना गरेको कार्यक्रममा पोख्रेलले देशको शिक्षा विकासका लागि संघीय शिक्षा ऐन अपरिहार्य रहेको जिकिर गरे ।
उनले संघीय शिक्षा ऐनको विषयमा संसदमा छलफल गरी तुरुन्तै निर्णय गरिने आश्वासन दिए । सरकारको माध्यमिक तहको शिक्षा निःशुल्क र आधारभुत तहको शिक्षा अनिवार्य सहित निःशुल्क कार्यक्रमको प्रभावकारीताका लागि सहयोगी भूमिका खेल्न सम्पूर्ण शिक्षकहरुलाई उनले आग्रह गरे ।
संगठनका पूर्व अध्यक्ष भानुप्रसाद उपाध्यायले शिक्षक दिवसको महत्व र शिक्षक हित बचत तथा क्राण सहकारी संस्थाको बारेमा प्रकाश पारेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले ४२औं शिक्षक दिवस तथा शिक्षक हित साकोस चितवनको आठौँ स्थापना दिवसका अवसरमा वृहत भेला एवं नव वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।
शिक्षण क्षेत्रमा संलग्न रही जिल्लाको शिक्षाको विकासमा योगदान गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रममा प्रशंसापत्र, खादा ओढाई सम्मान गरिएको थियो । सोही अवसरमा नेपाल पत्रकार महासंघ चितवनका नवनिर्वाचित सचिव दिपेन्द्र अधिकारीलाई संगठनले बधाई दिदै सम्मान गरेको छ ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि दुर्गाप्रसाद सापकोटा, शिक्षाविद्् रमाकान्त सापकोटा, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, भरतपुर वार्ड नम्बर ४ का अध्यक्ष हरि आचार्य, महिला शिक्षक समाज चितवनकी सचिव अञ्जना गौतमलगायतले बोल्नुभएको थियो ।
नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर ११ सहआयोजक रहेको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष दानबहादुर गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09