२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७८ बैशाख ४ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

- ADVERTISEMENT -