२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नेकपा (एमाले)को छुट्टाछुट्टै भेला, तरुणका १५० र वाइसियलका ३० जना युवा संघमा प्रवेश

प्रकाशित मिति : २०७८ बैशाख ५ गते

चितवन / नेकपा (एमाले) खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाले अलग अलग नगर भेला सम्पन्न गरेको छ । नगर भेलाले शनिबार तीनै नगरपालिकाका नेकपा (एमाले) नगर कमिटी पुनर्गठन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, पार्टीभित्रको विवादको मुख्य विषय र नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान कार्यदिशाको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेकपा (एमाले) पार्टी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल र पार्टी जिल्ला कमिटी अध्यक्ष तेजेन्द्रबहादुर खड्का, कृष्णराज लब्ली न्यौपाने, खोमकान्त रेग्मी लगायतले मन्तव्य दिएका थिए ।
नेकपा (एमाले) राप्ती नगर कमिटीमा अध्यक्ष सुमिता डल्लाकोटी, उपाध्यक्ष लेखनाथ बराल, सचिव शमसेर लामा, सहसचिव राजकुमार बर्तौलासहित २०१ सदस्यीय गठन गरेको हो ।
खैरहनी नगर कमिटीमा अध्यक्ष प्रकास रुपाखेती, उपाध्यक्ष रत्नलाल घिसिङ, सचिव छत्रनाथ सुवेदी, सहसचिवहरु सुन्दर मैनाली, नेत्र ढुङ्गाना र कृष्णप्रसाद पौडेलसहित १५१ सदस्यीय गठन गरेको हो ।
खैरहनी नगर भेलामा कुमार थापाको नेतृत्वमा तरुणदल सम्वद्ध १५० जना युवाहरु र अरुण प्रधानको नेतृत्वमा ३० जना वाइसियल सम्वद्ध युवाहरु युवा संघ नेपालमा प्रवेश गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डे, चितवन जिल्ला इन्चार्ज खनाल, अध्यक्ष खड्का लगायतले टीका र खादा ओढाई संगठनमा स्वागत गरेका थिए ।
त्यस्तैगरी शनिबार नै नेकपा (एमाले) माडी नगर कमिटीमा पुनः अध्यक्षतामा नारदमणी पौडयाल चयन गरिएको हो भने उपाध्यक्षमा शोभाकान्त पौडेल र कोपिला शिवाकोटी, सचिवमा मोहदत्त काफ्ले र सहसचिवमा रामेश्वर चौधरीसहित १०१ सदस्यीय नेकपा (एमाले) माडी नगर कमिटी पुनर्गठन गरेको हो ।
माडी नगर भेलाको प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य डा विजय पौडेल रहेका थिए भने पार्टी केन्द्रीय सदस्य सूर्य लामिछाने र जिल्ला सदस्यहरु प्रेमराज तिमिल्सिना, रामजीप्रसाद सापकोटा लगायतले मन्तव्य दिएका थिए ।
यस्तै युवा संघ नेपाल खैरहनी नगर कमिटी र माडी नगर कमिटी समेत पुनर्गठन गरेको छ । कुमार थापाको अध्यक्षता र अशोक अधिकारी, लिलाराज गुरुङ उपाध्यक्षसहित १५१ सदस्यीय युवासंघ खैरहनी नगर कमिटी पुनर्गठन गरेको छ ।
त्यसैगरी युवा संघ नेपालको माडी नगर भेलाले गोविन्द भण्डारीको संयोजकत्वमा मनोज महतो, किरण महतो, नन्दलाल महतो, गोविन्द महतो, बुद्धिसागर ढकाल, दिपक पौडेल, लक्ष्मण श्रेष्ठ र सन्तोष बिक सहसंयोजक, दुर्गाबहादुर कार्की सचिव र सुमन अधिकारी तथा तारानाथ लामिछाने सहसचिव रहने गरी १०१ सदस्यिय युवा संघ नेपाल माडी नगर कमिटी पुनर्गठन गरेको छ ।
यस्तै अनेमसंघ माडी नगरको भेलाले कोपिला शिवाकोटीको संयोजकत्वमा लक्ष्मी पौडेल र गीता बिक उपसंयोजक, शोभा भुसाल सचिव र सर्मिला महतो सहसचिवसहित १०१ सदस्यीय अनेमसंघ नगर कमिटी पुनर्गठन भएको हो ।
यसैगरी रत्ननगर नगरपालिका वडा नं. १५ मा सम्पन्न वडा भेलाले मदन भुजेलको अध्यक्षतामा राहिणीप्रसाद भट्ट उपाध्यक्ष, सविना न्यौपाने सचिव र निरप्रसाद न्यौपाने सहसचिव सहित ३९ सदस्यीय नेकपा (एमाले) वडा कमिटी गरेको हो ।
यस्तै विमला गुरुङको अध्यक्षतामा उपाध्यक्ष मुना कुँवर, सचिव रमा पन्त, सहसचिव लक्ष्मी पाठक लामिछाने, कोषाध्यक्ष शुशिला पाण्डे रहेको २३ सदस्यीय अनेमसंघ र रामहरी अधिकारीको अध्यक्षतामा उपाध्यक्ष सम्राट पाण्डे, सचिव आदित्य अम्गाई, सहसचिव मनिष खनाल र कोषाध्यक्ष आष्मा बगाले रहेको ४३ सदस्यीय युवासंघ नेपाल वडा कमिटी पुनर्गठन गरेको छ ।
उक्त भेलाको प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिवालय सदस्य कुलप्रसाद लामिछाने, जिल्ला सदस्य रामशरण कुँवर, नगर अध्यक्ष बद्रीनाथ घिमिरे, उपाध्यक्ष हरिकुमार श्रेष्ठ, वडा अध्यक्ष हुमनाथ लामिछाने अनेमसंघ जिल्ला सदस्य पार्वती न्यौपाने लगायतले मन्तव्य दिएका थिए ।
राप्ती र खैरहनी नगर भेलाका प्रमुख अतिथि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले ०७५ जेठमा गरेको पार्टी एकीकरण र ०७७ पुष ५ गते गरेको संसद विघटन सम्बन्धी दुबै निर्णय सर्वोच्च अदालतले बदर वडा गरी दिएकाले केपी ओली असफल भएको बताए ।
अदालतले नै नेकपा एमाले र माओवादी केन्द्र अलग अलग रुपमा व्यूँताई दिएपछि पार्टी ०७५ जेठ २ गतेभन्दा अघिको अवस्थामा पुगेको प्रमुख अतिथि पाण्डेले भने ।
उनले सत्ताको आडमा अधिवेशनबाट निर्वाचित स्थानीय तहदेखि केन्द्रीय तहसम्मको पार्टी कव्जा गर्न र एमालेभित्र पनि विभाजन ल्याउन खोजेको तर नेकपा (एमाले) मा आस्थावान र जनताको बहुदलीय जनवादप्रतिको विश्वासलाई ओलीको कुत्सित मनसायलाई सफल हुन नदिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45