चितवन / चितवनमा कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो ।
सो चरणमा खोप लगाउनेको संख्या १४ हजार रहेको छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ । उनका अनुसार पहिलो चरणमा पाँच ओटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ ।
चितवनमा कोरोनाको खोप दोस्रो डोज लगाउने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
