२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कोरोनाको त्रासभन्दा बढी लकडाउनको चिन्ता

प्रकाशित मिति : २०७८ बैशाख १० गते
file photo.

चितवन / कोरोनाको दोस्रो लहर गुणात्मक रुपमा फैलिरहेको बेला चितवनका उद्योगी व्यवसायी भने कोरोनाको त्रास भन्दा लकडाउन हुन्छ कि भन्ने चिन्तामा छन । कोरोनाले उग्ररुप लिदै गएपछि देशभरका कतिपय जिल्ला तथा पालिकाले कतै आंशिक तथा पूर्ण लकडाउन गर्न थालेका छन । चितवनमा पनि विद्यालयमा कोरोना संक्रमित भेटिएपछि यहांँका विद्यालय तथा कलेज पनि भौतिक रुपमा बन्द गरिएको छ ।
यस्तै होटल रेष्टुरा पनि राती अबेर सम्म खोल्न स्थानीय प्रशासनले निषेध गरेको छ । पार्टी प्यालेस, सभा तथा अन्य जमघट हुने स्थानमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जना भन्दा बढी भेला हुन नपाईने आदेश र अनुरोध गरिसकेको छ । जसका कारण दिनप्रतिदिन मानिसको चहलपहल तथा गतिविधि पातलिदै गएको छ ।
गतबर्षबाट थलिएको उद्योगव् यवसाय लयमा फर्कनै लाग्दा उद्योगी व्यवसायीलाई कोरोनाको त्रास भन्दा लकडाउन हुन्छ कि भन्ने चिन्ता थपिएको हो । यसका लागि उद्योगी व्यवसायीका छाता संस्थाहरुले उद्योगी व्यवसायी तथा स्थानीय प्रशासनसँ ग छलफल गर्ने तयारी समेत गरेका छन । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ कोरोनाको त्रास फैलिएसंँगै उद्योगी व्यवसायीसंँग छलफल गरिएको बताउंँछन । ‘हामीले बस्तुगत संँगका व्यवसायीहरुसंँग एक किसिमको छलफल गरिसकेका छौं उनले भने, अब प्रमुख जिल्ला अधिकारी संँग भोलिनै छलफल गर्दैछौं ।’
लकडाउन गरेमा चितवनमा पछिल्लो समय खुलेका ठूला होटल, रेष्टुरेण्टहरुलाई सबैभन्दा बढी क्षति पुग्ने श्रेष्ठले बताए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यवसाय चलाउन र लकडाउन हुने मनोवैज्ञानिक त्रास नलिन सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको उनले बताए । ‘लकडाउन भएमा नीजि क्षेत्रलाई त असर पर्छनै पर्छ त्यो भन्दा बढी राज्यलाई असर पर्छ ।’ श्रेष्ठले भने । कोरोनासंँग हरेक मानिस अभ्यस्त र अनुभवी भईसकेकोले पनि उद्योगी व्यवसायीलाई पुनः लकडाउन हुन्छ कि भन्ने बिषयमा ठूलो त्रास भएको छ ।
केही दिनदेखिको कारोनाको ग्राफ उक्लिदै जांँदा कतिपय व्यवसायमा यसको प्रभाव परिसकेको छ त कारोबार पनि घट्दै गईरहेको छ । ‘अहिले उद्योग व्यवसाय ८० प्रतिशत लयमा फर्केको अवस्था थियो , चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भने, अब एक महिनामात्रै लकडाउन हुंँदा व्यवसाय सन्तुलनमा आउन तीनमहिना भन्दा बढी समय लाग्छ । दैनिक पाँचहजार भन्दा कम संक्रमित भए लकडाउन नहुने र गर्ननहुने उनले तर्क गरे ।
लकडाउन अन्तिम विकल्प नरहेको कारण सरकार तथा नीजि क्षेत्रले यस बिषयमा समयमै समन्वय गरेर अघि बढ्नु पर्ने पौडेलले बताए । दोस्रो लहरको कोरोना भाइरस एक्कासी फैलिएका कारण व्यापार व्यवसायको कारोबारमा दैनिक रुपमा ह्रास आएको छ । एकातिर व्यवसायीले तिनुपर्ने रकम तिर्न सकेका छैनन त उठ्नुपर्ने रकम समेत उठ्न सकेको छैन । ट्रेडिङ्गमा निर्भर व्यवसायीहरु पनि खरीद र बिक्रीमा असन्तुलन देखिसकेको बताउंँछन । चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई भारतमा देखिएको नयांँ प्रकारको कोरोना भाइरसका कारण मनोवैज्ञानिक रुपमा स्वास्थ्य र व्यवसाय दुबैमा असर पुगिसकेको बताउंँछन ।
विस्तारै गतिलिएको व्यवसायलाई थप लगानी गर्न र व्यवसाय विस्तार गर्न व्यवसायीहरु पछि हटिसकेको उनले बताए । ‘अब के हुन्छ भन्ने व्यवसायीहरुमा त्रास छ ,भट्टराईले भने, पहिलेको जस्तो सरकारले लकडाउन गरे हाम्रो व्यवसाय पुरै सखाप हुन्छ ।’ सरकारले लकडाउनलाई नै प्राथमिकतामा नराखेर अन्य विकल्प अपनाउनु पर्ने उनको धारणा छ । ‘उद्योग व्यवसायको लागि लकडाउन गर्नै हुन्न ।
यसको विकल्प तत्काल खोजिनु पर्छ । लकडाउनलाई अन्तिम विकल्पको रुपमा मात्र प्रयोग गरिनुपर्छ ।’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51