२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

क्यानडाको उडान भारत र पाकिस्तानसँग रोक

प्रकाशित मिति : २०७८ बैशाख १० गते
- ADVERTISEMENT -

दिल्ली / भारतमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेपछि क्यानडाले भारतसँगको उडानमा रोक लगाएको छ । क्यानडाको विदेश मन्त्रालयका अनुसार भारत र पाकिस्तानसँगको हवाइ उडानमा अस्थायी रोक लगाइएको हो ।
खोप, पीपीई र अत्यावश्यक सामाग्रीहरुलाई पनि अनुमति दिइएको छ । विहिबारदेखि भारत र पाकिस्तानसँगका सबै उडानहरु बन्द हुने जनाइएको छ ।
क्यानडाका यातायातमन्त्री ओमार अल्गाबाराले दुबै देशबाट मानिसहरुको आवतजावत बढेपछि आज मध्यरातदेखि लागु हुने गरि प्रतिबन्धको निर्णय लगाइएको हो ।
यसअघि अमेरिका, बेलायत, हङकङ र न्यूजिल्यान्डले पनि भारतसँगको उडानमा रोक लगाइसकेका छन् ।

- ADVERTISEMENT -