२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

चितवनबाट ११ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

६ सय ३० सुरक्षाकर्मी परिचालन
प्रकाशित मिति : २०८० चैत्र १५ गते
Sketch.

चितवन / माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनका करिब ११ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

आज (बिहीबार) देखि सुरु हुन लागेको परीक्षामा जिल्लाबाट ५ हजार ५९१ छात्र र ५ हजार ३३२ छात्राले परीक्षा दिँदैछन् । परीक्षा तीन घण्टाको हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

एसईई परीक्षा शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न चितवनमा ६३० सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । एसईई परीक्षाका लागि जिल्लामा ४२ वटा केन्द्र तोकिएको छ ।

शिक्षा विकास समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा २२, रत्ननगर नगरपालिकामा सात, खैरहनी नगरपालिकामा चार, माडी नगरपालिकामा दुई, राप्ती नगरपालिकामा तीन र कालिका नगरपालिकामा दुई र इच्छाकामना गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र छन् ।

चितवनका २३४ वटा विद्यालयले एसइई परीक्षामा सहभागिता जनाउने छन् । जसमा सामुदायिक विद्यालयतर्फ १०८ र संस्थागततर्फ ११८ विद्यालय छन् ।

यसपटक प्राविधिक धारतर्फका सात वटा विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । त्यस्तै, सातवटा संस्कृत विद्यालयबाट ४७ जना विद्यार्थीहरुले पनि एसईईमा सहभागिता जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10