April 20, 2025

नेपाली सेनाको विभिन्न पद रिक्त, पदपूर्तिका लागि दरखास्त आह्वान

April 26, 2024
- ADVERTISEMENT -

काठमाडौं / नेपाली सेनाको विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरिएको छ ।

नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेको पदका लागि दरखास्त आह्वान गरेको हो ।

आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त रहेका ३१९ पदमा दरखास्त आह्वान गरेको हो ।

जारी सूचना अनुसार, नर्सिङ, कम्प्युटर, डेनटल, मेडिकल, इलेक्ट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

आवेदन आगामी जेठ १२ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने जनाइएको छ ।

- ADVERTISEMENT -