March 17, 2025
- ADVERTISEMENT -

हेटौंडामा कोरोना जोखिम रोक्न चेकजाँच शुरु

April 26, 2021
File photo : Google

हेटौंडा / कोरोना संक्रमणको जोखिम रोक्न जिल्ला प्रशासन कार्यालयले सवारीमा जोर विजोर प्रणाली लागु गरेसंगै आजबाट हेटौंडामा चेकजाँच शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले हेटौंडाका ४ नाकामा चेकजाँच शुरु गरेको हो । प्रहरीले जोरबिजोर प्रणाली अनुसार सवारी संचालनका लागि कडाईका साथ चेकजाँच गरेको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीले हेटौंडा–५ क्याम्पाडाँडा, हेटौंडा–१ चौकिटोल, हेटौंडा–४ कर्रा र हेटौंडा–११ राप्तीपुल नजिक जोर विजोर सवारी जाँच गरेको छ ।
त्यस्तै मास्क नलाएकाहरुलाई सम्झाउने र अटेर गरे कारवाही अघि बढाएको प्रहरीले जनाएको छ । मास्क नलाउनेलाई एक सय रुपैंया जरिवाना गरिने प्रहरीको भनाई छ । प्रहरीले आइतबारसम्म मास्क लगाउन सचेतनाको काम गर्दै मास्क वितरण गरेकोमा सोमबारबाट जाँचमा कडाई थालेको छ ।

- ADVERTISEMENT -