काठमाडौं / भारतमा एकैदिन ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। २७ सय भन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४ सय ३५ संक्रमित थपिँदा त्यहाँ कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको ओल्डोमिटरले जनाएको छ ।
एकैदिन २७ सय ६४ जनको मृत्यु भएपछि कुल मृतकको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ। हिजो एकैदिन अमेरिकामा ४४ हजार ६ सय २९, ब्राजिलमा २९ हजार ६ सय ६९, टर्कीमा ३७ हजार ३ सय १२ र रुसमा ८ हजार ८ सय ३ संक्रमित थपिएका छन् । योसहित विश्वभर कोरोना संक्रमितको कूल संख्या १४ करोड ८४ लाख ६१ हजार पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा १२ सय ७९, अमेरिकामा ४ सय २२, फ्रान्समा ३ सय ९८, रुसमा ३ सय ५६, टर्कीमा ३ सय ५३ र इटलीमा ३ सय संक्रमितको मृत्यु भएको छ । यो सहित विश्वभर कोरोनाको कारण मृत्यु हुनेको कूल संख्या ३१ लाख ३३ हजार १ सय १० पुगेको ओल्डोमिटरले जनाएको छ । -एजेन्सी ।
भारतमा एकैदिन थपिए ३ लाख बढी कोरोना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
