मुम्बई / बलिउडकी चर्चित अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो । उपचारको क्रमामा उनको मृत्यु भएको हो । गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो ।
तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् । उनले ९० को दशकमा ऋषि कपूर र मौसमी चटर्जीका साथ फिल्म ‘दो प्रेमी’, ‘जमानेको दिखाना है’, ‘मैने जीना सिख लिया’, ‘मेरा दोस्त मेरा दुश्मन’, ‘नयाँ सफर’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् । उनी ६४ वर्षकी थिइन् ।
कोरोनाले लियो अभिनेत्री गीताको ज्यान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
