February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

May 7, 2021

नवलपुर / पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ बाट जिल्ल प्रहरी कार्यलय नवलपुरले तास खेलिरहेको अवस्थामा १ लाख बढी नगद सहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १ लाख ८ हजार ६ सय ७५ नेपाली रुपैयाँ र ५ सय ७० भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भई हाल कावासोती २ डेरा गरी बस्ने ४५ बर्षका सोनालाल जैसवाल, बाराको गढीमाई ४ निवासी ३५ बर्षीय अजय जैसवाल, रौतहटको ३४ बर्षीय श्याम जैसवाल, रौतहटको मोतिहारी निवासी ४३ बर्षीय भाग्य नारायण वैठा, २८ बर्षीय सुनिल जैसवाल, रौतहटकै राजपुरका ३७ बर्षीय विश्वनाथ जैसवाल, बाराको निजगढ ४ निवासी ३१ बर्षीय सुरेन्द्र जैसवाल, सोही ठाउँका ४६ बर्षीय विनयप्रसाद जैसवाल र रौतहटको विजयनगर निवासी ३० बर्षीय नरेश वैठा रहेका छन् ।
पक्राउ परेकालाई जुवा ऐन अन्तरगत कारवाही अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -