काठमाडौँ / नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले बताए ।
‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, उनले भने ।
सोही रणनीतिका साथसाथै आज केही सांसदले राजीनामाबारे असन्तुष्टि समेत जनाएपछि हाललाई राजीनामा टरेको बताइएको छ । यसबारे थप रणनीति बनाउन अझै पनि केही सांसदहरु छलफलमा रहेको बताइएको छ । आजको बैठकले ओलीलाई विश्वासको मत दिन संसद बैठकमा नजाने र राजीनामा पनि तत्काल नदिने निर्णय भएको चौधरीको भनाइ छ।
बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।
- ADVERTISEMENT -

ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई नेपाल पक्षले साथ दिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












