चितवन / लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा घुम्ती रक्तदान कार्यक्रम सुरु गरेको छ । घुम्ती रक्तदान कार्यक्रमको पहिलो दिन सोमबार ५२ जनाले रक्तदान गरेको हो ।
जसअन्तर्गत भरतपुर वडा नं. २८ साझापुर २३ पोइन्ट, वडा नम्बर–२७ तेलौली १६ पोइन्ट र पुर्वी चितवनको सौराहाबाट १३ पोइन्ट रगत संकलन गरिएको हो ।
क्लबका सस्थापक अध्यक्ष लायन द्रोणबाबु शिवाकोटीले कोभिड–१९ ले आक्रान्त पारेको वर्तमान अवस्थामा बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने अभिप्रायले रक्तदान कार्यक्रम गरिएको जानकारी दिए ।
घुम्ती रक्तदान कार्यक्रम ३१ गतेसम्म संचालन गरिने बताइएको छ ।
घुम्ती रक्तदान कार्यक्रममा ५२ जनाद्वारा रक्तदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
