चितवन । निषेधाज्ञाको मौका छोपेर भरतपुर–१६, फुर्तिचोक नजिकै डिएस बक्स (इन्टरनेट सप्लाई गर्ने) चोरी भएको छ । गत राति उक्त स्थानको पोलबाट डिएस बक्स चोरी भएको प्राइम नेटवर्क प्रालिका संचालक शिव सुवेदीले जानकारी दिए ।
प्राइमका संचालक सुवेदीका अनुसार राति १० बजेको समयमा अज्ञात समूहले डिएस बक्स चोरी गरेको हो । मोटरसाइकलमा आएका दुई जनाको समूहले डिएस बक्ससँगै पोलको तार पनि काटेर लथालिङ्ग पारेको उनले भने ।
यसअघि गत वर्ष पनि २६ वटा डिएस बक्स चोरी भएको उनले बताए । प्रहरीले खोजी कार्य तिब्र बनाए पनि चोरी गर्ने गिरोह पत्ता नलागेको उनको भनाइ छ । पछिल्लो समय निषधाज्ञासँगै समाजमा चोरीको विगविगी हुने गरेको स्थानीयहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको न्यूजप्रवाह डटकमलाई बताए । उक्त स्थान शिवघाट चौकीको मातहतमा भएकाले खोजी कार्यलाई तिब्र पार्न निर्देशन दिएको प्रवक्ता गिरीले भने ।
- ADVERTISEMENT -
निषेधाज्ञामा चोरको विगविगी, फुर्तिचोकबाट ‘डिएस बक्स’ गायब
May 16, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -