२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

लक्ष्य भन्दा कम राजश्व असुली

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते

चितवन / चालु आर्थिक बर्ष ०७७/०७८ को बैशाख महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको लक्ष्य भन्दा कम राजश्व असुली भएको छ । कोरोना संक्रमणका कारण बैशाख महिनाको दोस्रो साता देखि काठमाडौ लगायत अन्य जिल्लामा निशेधाज्ञा लागु गरेपछि यसको असर राजश्व असुलीमा परेको हो ।
कार्यालयले यस महिनामा २ अर्ब ३३ करोड ७ लाख लक्ष्य दिएपनि १ अर्ब ८९ करोड २३ लाख १२ हजार रुपैयांँ राजश्व असुल गरेको हो । जसअनुसार कार्यालयले सबै शिर्षकमा गरी १५ दशमलव १७ प्रतिशत कर असुली कम गरेको छ ।
कार्यालयले बैशाख महिनामा सबै शिर्षक मध्ये बढी अन्तःशुल्कबाट कर असुली गरेको छ भने स्वास्थ्य सेवा करमा कुनै कर असुली गरेको छैन ।
बैशाख महिनामा विभागले अन्त शुल्क शिर्षकमा १ अर्ब ९६ करोड १३ लाख ४ हजार रुपैयांँ लक्ष्य दिएपनि १ अर्ब ५५ करोड ८७ लाख ६२ हजार कर असुली भएको छ । स्वास्थ्य सेवा कर शिर्षकमा १४ लाख ५१ हजार लक्ष्य दिएपनि कार्यालयले कुनै कर असुलेको छैन । बैशाख महिनामा विभागले दिएको लक्ष्य भन्दा बढी कर असुली कार्यालयले आयकर, बहालकर, ब्याजकर र मुल्य अभिवृद्धि कर शिर्षकमा मात्र गरेको छ भने मुल्य अभिवृद्धि कर, शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा लक्ष्य अनुसार कर असुली भएको छैन ।
जसअनुसार आयकर शिर्षकमा ११ करोड ४५ लाख ३५ हजार लक्ष्य लिईएकोमा १२ करोड ९३ लाख ४५ हजार रुपैया राजश्व असुली भएको छ । मुल्य अभिवृद्धि करमा १५ करोड १५ लाख ३८ हजार लक्ष्य दिईएकोमा १९ करोड ८७ लाख ६२ हजार रुपैयांँ कर असुली गरेको छ । व्याज कर शिर्षकमा १५ लाख ९२ हजार रुपैयाां कर असुली भएको छ । यस शिर्षकमा ९६ लाख ५२ हजार कर असुली गर्ने लक्ष्य दिइएको थियो ।
यस्तै बहाल कर शिर्षकमा १ लाख ८९ हजार रुपैयाँ लक्ष्य दिइएकोमा २२ लाख ३५ हजार रुपैयांँ राजश्व असुली भएको छ भने शिक्षा सेवा करमा १ लाख ७१ हजार रुपैयांँ लक्ष्य दिइएकोमा जम्मा ७ हजार रुपैयांँ राजश्व असुली भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले भरतपुर आन्तरिक राजश्व कार्यालयको मुख्य कर असुलीको श्रोत नै अन्तःशुल्क भएको र यस शिर्षकमानै कम राजश्व असुली भएकोले लक्ष्य भन्दा कम राजश्व असुली भएको बताए । ‘ निशेधाज्ञाको हल्ला र त्रास बैशाख लागेपछिनै भयो, उनले भने, त्यसपछि मदिराजन्य उत्पादनको विक्री वितरण पनि रोकियोे ।’ अन्य शिर्षकमा लक्ष्य भन्दा बढी संकलन भएपनि अन्तःशुल्क शिर्षकको कर असुलीमा असर परेका कारण लक्ष्य भन्दा कम राजश्व असुली भएको उनको भनाई छ ।
‘बजारमा आर्थिक गतिविधि पनि भयो । मदिराजन्य वस्तुको माग र आपूर्ति पनि घट्यो ।’ नेपालले भने । बैशाख महिनासम्म १० महिनाको अवधिमा विभागले १५ अर्ब ६ करोड ३१ हजार लक्ष्य दिएकोमा १४ अर्ब ४ करोड ८७ लाख ३१ हजार रुपैयांँ राजश्व असुली भएको छ । विभागले कार्यालयलाई यसबर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयांँ राजश्व असुली गर्ने लक्ष्य दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04