February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर वडा नं. १६ मा भोलि एन्टिजेन परीक्षण हुने

May 18, 2021

चितवन / भरतपुर वडा नं. १६ मा कोरोना भाइरस संक्रमण पत्ता लगाउन पहिलो पटक एन्टिजेन परीक्षण गरिने भएको छ । भरतपुर वडा नं. ३, ४ र १६ नगरभित्रका कोरोना संक्रमण शंकास्पद स्थानीयवासीको एन्टिजेन परीक्षण भोलि (बुधबार) गरिने वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार हप्ताको एक पटक एन्टिजेन सुरु गर्न लागिएको र कोरोना संक्रमण शंकास्पदलाई पहिलो प्राथमिकतामा राखिने छ । कोरोना संक्रमित समुदायस्तरमा फैलिएकोले एन्टिजेन परीक्षण सुरु गरिएको उनले बताए ।
उनले पहिलो चरणमा ३०० किट ल्याइने भएको सोही अनुसार एन्टिजेन परीक्षणको तयारी भएको न्यूजप्रवाह डटकमलाई जानकारी दिए । नगरभित्र फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न एन्टिजेन परीक्षणले सहयोग मिल्ने उनको भनाइ छ ।
कोरोना भाइरस महामारीका कारण वडा हुने काम कारवाही पनि प्रभावित भएको उनले भने । उनले पछिल्लो समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको सबै नगरवासीहरुलाई सचेत हुन अपिल गरे ।

- ADVERTISEMENT -