२०८३ जेष्ठ ३१, आईतवार
June 14, 2026
२०८३ जेष्ठ ३१, आईतवार
June 14, 2026 Sunday
- ADVERTISEMENT -

चितवन पोष्टका संस्थापक सम्पादक धर्मराज अर्यालको सम्झनामा स्मृति सभा

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते
photo : newsprabah

भरतपुर । चितवन पोष्ट राष्ट्रिय दैनिकले संस्थापक सम्पादक धर्मराज अर्यालको आठौँ स्मृति दिवस मनाएको छ । पत्रकार महासंघ चितवनको सभाहलमा विशेष कार्यक्रम आयोजना गरी अर्यालको आठौँ स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा उपस्थित चितवनका पत्रकार तथा साहित्यकारहरुले अर्यालसँगका मीठा पलहरुको स्मरण गरेका थिए । उनीहरुले अर्यालले मोफसलकै पत्रकारिताको जग बसाएर गएका र आज त्यही जगमा टेकेर चितवनको पत्रकारिता अगाडि बढिरहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

पत्रकार महासंघ चितवनका सभापति बसन्त पराजुलीले भने, ‘स्व. धर्मराज अर्यालले मोफसलमा अनेकौँ चुनौतीसँग जुधेर २५ वर्षअघि चितवनबाट दैनिक पत्रिका निकाल्नु नै यहाँको पत्रकारिताको जग बसाउनु हो ।’ उनले आफ्नो पत्रकारिताको सिकाइको माध्यम चितवन पोष्ट र धर्मराज अर्याल भएको बताए । उनले भने, ‘धर्म सर युग नायक नै हुन्, पत्रकारिताका पिता हुन् ।’

स्मृति दिवसमा पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनकराज अर्यालले धर्मराज अर्यालसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताए । ‘चितवनको पत्रकारिता र साहित्यमा उहाँको ठूलो योगदान छ’, उनले भने, ‘हामीबीच सुनाउनुपर्ने धेरै किस्सा छन्, कम बोल्ने तर व्यवहारमा खरो सम्पादक हुनुहुन्थ्यो उहाँ ।’

- ADVERTISEMENT -

Advertisement

चितवनका अन्वेषक तथा साहित्यकार डिआर पोखरेलका अनुसार धर्मराज अर्यालको निधनको क्षति चितवनको पत्रकारिता र साहित्यमा आजसम्म परिरहेको छ । उनले भने, ‘उहाँले कवितालाई आमाको आशीर्वाद भन्नुहुन्थ्यो, लगनशील हुनुहुन्थ्यो ।’

स्मृति सभामा साहित्यकार धनराज गिरीले धर्मराज अर्यालसँगको भेटघाटदेखि भलाकुसारीसम्मका धेरै रोचक किस्सा सुनाएका थिए । मकवानपुरका रामकुमार एलनले चितवन पोष्ट र धर्मराज अर्यालबाटै आफूले लेख्न सिकेको बताए ।

प्राध्यापक मधुसूदन दवाडीले चितवन पोष्ट पत्रिका साझा चौतारी भएको बताए । अर्का पत्रकार शशिधर गैरे सुमनले धर्मराज अर्याल आफ्नो पत्रकारिताको गुरू भएको बताए । कार्यक्रमका अन्य वक्ताहरु पत्रकार वीरेन्द्रमणि पौडेल, सुरेश अधिकारी, प्रकाशमणि ज्ञवाली, अनिल ढकालले धर्मराज अर्यालकै कारण चितवनको पत्रकारिताको विकास छिटो र बलियो हुने गरी फस्टाएको बताए ।

समीक्षक तथा वार्ताकार उदय अधिकारीले धर्मराज अर्यालका कृतिहरुलाई समेटेर एउटा विशेष कृति निकाल्न सुझाव दिएका थिए । कवि राजेन्द्र घायलले गीत गाएर अर्याललाई सम्झेका थिए । चितवन पोष्टका सहसम्पादक तथा साहित्यकार सङ्गीत आयामको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चितवन पोष्टकर्मी तुलमान गुरूङले गरेका थिए ।

पत्रिकाका व्यवस्थापक दिलीप केसीले धर्मराज अर्यालका बारेमा कलम चलाउने लेखकहरुलाई मायाको चिनोस्वरुप नगद प्रदान गरेका थिए ।

अर्यालले मातृभूमिको गीत (२०३६), सिर्जनाका धुनहरु (२०५६), तिम्रा मेरा बातहरु (२०६०), अन्तरमनका छालहारु (२०६९), प्रतिनिधि कविताहरु (२०७१), तृष्णा (२०७४) लगायतका कृतिहरु प्रकाशित गरेका छन् ।

पत्रकार अर्यालको जन्म विसं २०१२ साल मङ्सिर २९ गते राप्ती नगरपालिकाको कोराकमा भएको थियो । अर्यालले २०५६ साल साउन १ गते चितवन पोष्टको दैनिक संस्करणको पहिलो अङ्क प्रकाशित गरेका थिए । आठ वर्षअघि जेठ ३० गते ६३ वर्षको उमेरमा अर्यालको निधन भएको हो । उनकै सम्झनामा चितवन पोष्ट परिवारले स्मृति सभाको आयोजना गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03