February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय सभाको उपनिर्वाचन : बाग्मतीमा भोलि, लुम्बिनीमा १७ जेठमा

May 19, 2021

काठमाडौं / राष्ट्रिय सभा दुई रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु-याएको छ । बाग्मती प्रदेशतर्फ भोलि बिहीबार र लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि १७ जेठमा उपनिर्वाचन तोकिएको हो ।
बाग्मती प्रदेश उपनिर्वाचनमा तीन उम्मेदवार र ३ सय ४८ मतदाता छन् । लुम्बिनी प्रदेशमा भने दुई जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २ सय ९६ मतदाता छन् । बाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट डा. खिमलाल देवकोटा उम्मेदवार तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए । यसैगरी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ ।
यसअघि, पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर, अहिले कांग्रेसमा आबद्ध उनी केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -