२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

राष्ट्रिय सभाको उपनिर्वाचन : बाग्मतीमा भोलि, लुम्बिनीमा १७ जेठमा

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते

काठमाडौं / राष्ट्रिय सभा दुई रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु-याएको छ । बाग्मती प्रदेशतर्फ भोलि बिहीबार र लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि १७ जेठमा उपनिर्वाचन तोकिएको हो ।
बाग्मती प्रदेश उपनिर्वाचनमा तीन उम्मेदवार र ३ सय ४८ मतदाता छन् । लुम्बिनी प्रदेशमा भने दुई जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २ सय ९६ मतदाता छन् । बाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट डा. खिमलाल देवकोटा उम्मेदवार तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए । यसैगरी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ ।
यसअघि, पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर, अहिले कांग्रेसमा आबद्ध उनी केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68