चितवन / कम्युटर एशोसियन नेपाल महासंघले कोरोना भाइरसको विषम प्रविधिलाई मध्यनजर गर्दै सूचना प्रविधिलाई अत्यावश्यक सेवामा राख्न सरकारसंँग माग गरेको छ । हरेक क्षेत्र अब सूचनामैत्री हुनु पर्ने र यसको विकल्प नभएको भन्दै कोरोना न्यूनिकरण रोकथामका लागि सूचनाप्रविधिलाई भरपुर प्रयोग गर्न क्यान महासंघले आग्रह गरेको हो ।
महासंघका अध्यक्ष नारायण थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा ७० जिल्लामा गरिएको पूर्ण निशेधाज्ञाले सिर्जित गरेको अवस्थालाई यसको प्रभावकारीता र अस्पताल , स्वास्थ्य प्रणालीलाई चुस्त र प्रभावकारी व्यवस्थापनको लागि सूचनाप्रविधिलाई अपनाउन अनुरोध गरिएको छ । चार बुंँदासहित उल्लेखित विज्ञप्तिमा भनिएको छ ,‘ हाल स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालय काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरुको वेड संख्या, लगायत आइसियु, भेन्टीलेटरको संख्या हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पतालमा पुग्दा बेड नभेटिएकोले सूचना प्रविधिलाई वास्तविक समयमा आधारित बनाउन सकिनेतर्फ महासंघ अनुरोध गर्न चाहन्छ ।
’ स्वास्थ्य प्रणालीलाई सूचना प्रविधि मैत्री बनाउन महासंघले यसका निम्ति प्राविधिक सहयोग गर्न सदैव तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अघि भनिएको छ,‘ सूचना प्रविधिको प्रयोग र विस्तारको प्रथम प्राथमिकता जीवन बचाउनका निम्ति हुनुपर्छ र करीब १९ महिना अगाडी नेपाल सरकार, मन्त्रीपरिषदबाट पारित भएको डिजिटल नेपाल फ्रेमवर्क २०७६को कार्यान्वयन सोही अनुसार हुनुपर्दछ भन्ने क्यान महासंघको धारणा रहेको पनि यसै विज्ञप्ति मार्फत अनुरोध गर्न चाहन्छौं।’
नेपालसरकारसंँग पटक पटक सूचना प्रविधिलाई अत्यावश्यक सेवामा राख्नुपर्ने अनुरोध गर्दापनि कार्यान्वयन नभएकोले यससंँग सम्बन्धित कम्युटरजन्य सामानहरु विक्री वितरण तथा मर्मत गर्न दिन माग समेतगरिएको छ । महासंघले अत्यावश्यक दैनिक उपभोग्य सामान खरीद बिक्री गर्दा अनलाईन भुक्तानीलाई प्रोत्साहित गरी होम डेलिभरीलाई प्राथमिकता दिन अनुरोध गरेको छ ।
नेपाल सरकारले अत्याबश्यक बस्तु औषधी, खाद्यवस्तु दुध लगायतका बस्तुलाई इबैकिङ्ग मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने भन्दै नगद कारोबारलाई निरुसात्साहित गर्नपनि क्यानले सरोकारवालासंँग अनुरोध गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सूचनाप्रविधिलार्ई अत्यावश्यक सेवामा राख्न सरकारसंँग माग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












