२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

निषेधाज्ञाले राजश्व संकलनमा भारी गिरावट

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते

चितवन / चितवनमा बैशाखको दोस्रो सातापछि जारी निशेधाज्ञाका कारण राजश्व संकलनमा भारी गिरावट आएको छ । आर्थिक बर्ष ०७७, ०७८ को चैत्र महिनामा ३८ लाख १५ हजार पांँचसय संकलन गरेको कार्यालयले बैशाख महिनामा २२ लाख २५ हजार मात्रै राजश्व संकलन गरेको हो । जिल्ला ट्राफिक कार्यालय, चितवनले सवारीसाधनको प्रकृति र ट्राफिक उल्लंघन गरेको कारवाही गरेको आधारमा राजश्व संकलन गर्दै आएको छ ।
जसअनुसार कार्यालयले चैत्र महिनामा ट्रक टिपर कारवाहीबाट ६ लाख ८ हजार पांँचसय गरेको थियो भने बैशाख महिनामा यी सवारीसाधनबाट ४ लाख १हजार पांँचसय मात्रै संकलन भएको छ । यस्तै कार्यालयले बस, माइक्रो कारवाहीबाट चैत्र महिनामा ६ लाख २० हजार पांँचसय र बैशाख महिनामा ३ लाख ३३ हजार, जीप,कारबाट चैत्र महिनामा ९ लाख ३७ हजार र बैशाख महिनामा ५ लाख ३४ हजार, ट्रयाक्टर कारवाहीबाट चैत्र महिनामा १ लाख ८९ हजार र बैशाख महिनामा १ लाख १४ हजार ,मोटरसाइकल कारवाहीबाट चैत्र महिनामा ११ लाख ६१ हजार रुपैयांँ र बैशाख महिनामा ६ लाख ७७ हजार पांँचसय र टेम्पो र अन्य कारवाही गरी चैत्र महिनामा २ लाख ९९ हजार पांँचसय रुपैंया संकलन गरेको थियो भने बैशाख महिनामा १ लाख ६५ हजार संकलन गरेको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले निशेधाज्ञाका कारण सार्वजनिक तथा नीजि सवारीसाधन नचलेकाले राजश्व संकलनमा कमी आएको बताए । ‘ अहिले सवारीसाधनको आगमन न्यून पनि छ, थापाले भने, कारवाही गरिएका सवारीधनीले पनि जरीवाना रकम बैंकमा जम्मा गर्न पाएका छैनन ।’ निशेधाज्ञा उल्लंघन र होल्डिङमा गरि कारवाही गरिएका सवारीसाधनको जरीवाना रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा हुने भएकोले पनि राजश्व संकलनमा असर परेको प्रमुख थापाको भनाई छ ।
चौबीस सय सवारीसाधन कारवाहीमा चितवनमा बैशाख महिना अवधिभर सबै सवारीसाधन गरी २ हजार ३सय ९९ सय कारबाहीमा परेका छन । तर चैत्र महिनामा ४ हजार ७७ वटा सवारी साधन कारवाहीमा परेका थिए । बैशाख १६ देखिनै अत्यावश्यक बाहेक सवारी साधन बन्द रहेकाले स्वत कारवाही संख्यामा कमी आएको ट्राफिक प्रहरी प्रमुख थापाले बताए ।
‘सरकारी सवारी साधन र अन्य अत्यावश्यक सवारी साधन मात्र चलेका छन , थापाले भने, हामी अहिले सवारीसाधन कारवाही भन्दा पनि कोभिड न्यूनिकरणमा केन्द्रीत छौं ।’ हाल ट्राफिक प्रहरीले अन्य प्रहरीका सुरक्षा संयन्त्रसंँग कोभिड न्यूनिकरण र सचेतनामा खटिएकोले नियमित ट्राफिक संकलनको काम समेत प्रभावित भएको उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98