२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोनिज चितवनलाई दाताहरुको सहयोगमा स्वास्थ्य सामग्री

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनलाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । नेपाल मगर सांस्कृतिक संघ चितवन र महेश मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक महेशकुमार यादवको सहयोगमा फोनिजलाई उक्त स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
स्वास्थ्य सामग्री नेपाल मगर सांस्कृतिक संघद्वारा १०० थान कोरियन मास्क, ५० थान स्यानिटाइजर र २० थान फेस सिल्ड सहयोग गरिएको छ । यस्तै रौतहट स्थायी घर भई चितवनमा रहेर स्वास्थ्य क्षेत्रमै सक्रिय महेशकुमार यादवद्वारा पाँच हजार थान सर्जिकल मास्क, र १०० थान स्यानिटाइजर सहयोग गरिएको फोनिजका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले जानकारी दिए ।
फोनिजमार्फत जनजाति पत्रकारहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा आफूलाई पनि खुसी लागेको नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले बताइन् ।
सो स्वास्थ्य सामग्री फोनिज चितवनका सचिव तुलमान गुरुङ, निवर्तमान उपाध्यक्ष रमेश रानामगर र नेपाल मगर सांस्कृतिक संघ चितवनका सल्लाहकार ईश्वर रानामगरले पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेका हुन् । फोनिजभित्रका मात्र नभई फोनिज बाहिरका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि स्वास्थ्य सामग्री वितरण गरिएको सचिव गुरुङले बताए ।
चितवनमा फोनिज मातहतमा थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दवूः, तामाङ पत्रकार संघलगायतका जातीय पत्रकारका संगठन आवद्ध छन् भने गुरुङ र मगरको संगठन विस्तार गर्ने क्रममा छन् । दराई, कुमाल, राई, चेपाङलगायतका जातिको संख्या भने न्यून छ ।
वर्तमान समयमा सूचना संकलन र सम्प्रेषणकै लागि सजग र सचेत भएर काम गर्न फोनिज चितवनले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09