चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनलाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । नेपाल मगर सांस्कृतिक संघ चितवन र महेश मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक महेशकुमार यादवको सहयोगमा फोनिजलाई उक्त स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
स्वास्थ्य सामग्री नेपाल मगर सांस्कृतिक संघद्वारा १०० थान कोरियन मास्क, ५० थान स्यानिटाइजर र २० थान फेस सिल्ड सहयोग गरिएको छ । यस्तै रौतहट स्थायी घर भई चितवनमा रहेर स्वास्थ्य क्षेत्रमै सक्रिय महेशकुमार यादवद्वारा पाँच हजार थान सर्जिकल मास्क, र १०० थान स्यानिटाइजर सहयोग गरिएको फोनिजका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले जानकारी दिए ।
फोनिजमार्फत जनजाति पत्रकारहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा आफूलाई पनि खुसी लागेको नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले बताइन् ।
सो स्वास्थ्य सामग्री फोनिज चितवनका सचिव तुलमान गुरुङ, निवर्तमान उपाध्यक्ष रमेश रानामगर र नेपाल मगर सांस्कृतिक संघ चितवनका सल्लाहकार ईश्वर रानामगरले पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेका हुन् । फोनिजभित्रका मात्र नभई फोनिज बाहिरका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि स्वास्थ्य सामग्री वितरण गरिएको सचिव गुरुङले बताए ।
चितवनमा फोनिज मातहतमा थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दवूः, तामाङ पत्रकार संघलगायतका जातीय पत्रकारका संगठन आवद्ध छन् भने गुरुङ र मगरको संगठन विस्तार गर्ने क्रममा छन् । दराई, कुमाल, राई, चेपाङलगायतका जातिको संख्या भने न्यून छ ।
वर्तमान समयमा सूचना संकलन र सम्प्रेषणकै लागि सजग र सचेत भएर काम गर्न फोनिज चितवनले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
- ADVERTISEMENT -
फोनिज चितवनलाई दाताहरुको सहयोगमा स्वास्थ्य सामग्री
May 23, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -