चितवन / गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरुका ४० घर परिवारलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । जापान निवासी समाजसेवी दिपक नेपाल मार्फत चेपाङ विद्यार्थीहरुलाई ५२ हजार बराबरको खाद्यान्न सहयोग प्राप्त भएको केन्द्रका संरक्षक केपी शर्माले जानकारी दिए ।
संरक्षक शर्माका अनुसार कोरोना कहरका कारण केन्द्रबाट घरमै बस्न बाध्य भएका कालिका नगरपालिका–१०, नान्दर गाउँमा रहेका १३ घरपरिवारका विद्यार्थी र इच्छाकामना गाउँपालिका–१, चौकीडाँडा, जैथली, सप्रेनी गाउँमा रहेका विद्यार्थीका २७ घरपरिवारलाई सो खाद्यान्न सहयोग गरिएको हो । उनले विद्यार्थीका घरपरिवारलाई उनीहरुकै गाउँमै पुगि खाद्यान्न सहयोग गरिएको बताए ।
सप्रेनी गाउँका केन्द्रबाट अध्ययनत विद्यार्थी हेमबहादुर चेपाङले लामो समयदेखि खाद्यान्न अभाव भएको बेला हाम्रो परिवारलाई ठूलो राहत भएको बताए ।
केन्द्रमा अहिले १७ जना विद्यार्थी अनलाइन कक्षा मार्फत अध्ययन गरिरहेका छन् भने बाँकी सबै विद्यार्थी गाउँको घरमै बस्न बाध्य भएको अध्यक्ष शर्माले भने ।
कुल १३८ जना विद्यार्थीहरु केन्द्रमा आश्रित छन् भने उनीहरुले सोही ठाउँबाट आवासीय रुपमा रहि अध्ययन गर्दै आएका छन् । खाद्यान्न सहयोगी नेपालले केन्द्रलाई सुरुवाती चरणबाट सहयोग गर्दै आइरहेको छ भने भवन निर्माणको समयमा साढे तीन लाख सहयोग गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -

गामवेसीका चेपाङ विद्यार्थीहरुलाई ५२ हजारको खाद्यान्न सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







