चितवन / गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरुका ४० घर परिवारलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । जापान निवासी समाजसेवी दिपक नेपाल मार्फत चेपाङ विद्यार्थीहरुलाई ५२ हजार बराबरको खाद्यान्न सहयोग प्राप्त भएको केन्द्रका संरक्षक केपी शर्माले जानकारी दिए ।
संरक्षक शर्माका अनुसार कोरोना कहरका कारण केन्द्रबाट घरमै बस्न बाध्य भएका कालिका नगरपालिका–१०, नान्दर गाउँमा रहेका १३ घरपरिवारका विद्यार्थी र इच्छाकामना गाउँपालिका–१, चौकीडाँडा, जैथली, सप्रेनी गाउँमा रहेका विद्यार्थीका २७ घरपरिवारलाई सो खाद्यान्न सहयोग गरिएको हो । उनले विद्यार्थीका घरपरिवारलाई उनीहरुकै गाउँमै पुगि खाद्यान्न सहयोग गरिएको बताए ।
सप्रेनी गाउँका केन्द्रबाट अध्ययनत विद्यार्थी हेमबहादुर चेपाङले लामो समयदेखि खाद्यान्न अभाव भएको बेला हाम्रो परिवारलाई ठूलो राहत भएको बताए ।
केन्द्रमा अहिले १७ जना विद्यार्थी अनलाइन कक्षा मार्फत अध्ययन गरिरहेका छन् भने बाँकी सबै विद्यार्थी गाउँको घरमै बस्न बाध्य भएको अध्यक्ष शर्माले भने ।
कुल १३८ जना विद्यार्थीहरु केन्द्रमा आश्रित छन् भने उनीहरुले सोही ठाउँबाट आवासीय रुपमा रहि अध्ययन गर्दै आएका छन् । खाद्यान्न सहयोगी नेपालले केन्द्रलाई सुरुवाती चरणबाट सहयोग गर्दै आइरहेको छ भने भवन निर्माणको समयमा साढे तीन लाख सहयोग गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गामवेसीका चेपाङ विद्यार्थीहरुलाई ५२ हजारको खाद्यान्न सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













