२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

निषेधाज्ञाका कारण उद्योग दर्तामा कमी

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते

चितवन / चितवनमा गत बैशाख दोस्रो साता पछि गरिएको निशेधाज्ञाका कारण उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार चैत्र महिनामा सबै उद्योग गरी ३८७ ओटा उद्योग दर्ता भएकोमा बैशाख महिनामा जम्मा १२३ ओटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योग मध्ये सबै भन्दा बढी वन तथा कृषिजन्य उद्योग रहेका छन ।
जसअनुसार चैत्र महिनामा यो शिर्षकमा २५६ वटा उद्योग दर्ता भएका थिए भने बैशाख महिनामा ८७ वटा उद्योग दर्ता भएका छन । यस्तै चैत्र महिनामा उत्पादनमुलक उद्योग ५३ वटा बैशाख महिनामा १३ ओटा , चैत्र महिनामा सेवामुलक उद्योग ७१ वटा र पर्यटनमुलक उद्योग ७ वटा दर्ता भएका थिए भने बैशाख महिनामा सेवामुलक २२ वटा उद्योग र पर्यटनमुलक उद्योग एउटा मात्र दर्ता भएको छ । दुई महिनामा उर्जामुलक उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग भने दर्ता भएका छैनन ।
कार्यालयका लेखाप्रमुख नारायण लम्सालले निशेधाज्ञाले गर्दानै उद्योग दर्ता गर्नेको संख्यामा न्यून रहेको बताए । ‘कोरोना महामारीको हल्ला संँगै बैशाखको पहिलो सातादेखिनै उद्योग दर्ता गर्ने कम हुदै गएका थिए , उनले भने, बैशाख १६ देखि त निशेधाज्ञानै जारी भयो ।’ गतसाल भएको कोभिड महामारीको समयमा भन्दा यसपटक उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाई छ ।
अनुदानले वनतथा कृषिजन्य उद्योगमा आकर्षण
कार्यालयमा सबै शिर्षकभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा आकर्षण बढेको पाईएको छ । ‘कृषि क्षेत्र सरकारको प्राथमिकता परेको क्षेत्र पनि भयो, लेखा अधिकृत लम्सालले भने, यो क्षेत्रमा अनुदान र सहुलियत व्याजदर पनि उपलब्ध छ ।’ चितवन कृषि क्षेत्रको हब भएको र उत्पादन र प्रशस्त संभावना रहेकोले पनि यस शिर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनले बताए ।
कार्यालयले उद्योगबाट चालु आर्थिक बर्ष बैशाखसम्ममा ८ करोड भन्दा बढी राजश्व संकलन गरिसकेको छ । ‘यो आवमा ८ करोड संकलन गर्ने अनुमान थियो , अहिलेनै ८ करोड नाघिसकेको छ उनले भने , निशेधाज्ञा नभएको भए असार मसान्त सम्म १० करोड पुग्थ्यो ।’ अबका दिनमा निशेधाज्ञा खुकुलो भएपनि उद्योग दर्ता गर्नेको संख्यामा उत्साह नहुने उनको भनाई छ ।
‘चालु आर्थिक बर्ष सकिने बेला पनि भयो, उनले भने, असारमा क्लोजिङ्ग शुरु हुने हुंँदा बैंकले ऋण प्रवाहमा पनि कडाई गर्छन ।’ हाल यस कार्यालयबाट ५ लाख देखि पांँच करोड पूजी भएका उद्योग दर्ता हुदै आएका छन । कार्यालयले उद्योग दर्ता गरेवापत न्यूनतम १२ हजार १सय रुपैयांँ राजश्व लिने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98