काठमाडौं / सरकारले १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि एक थान सिमकार्ड निशुल्क दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
साथै सरकारले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ । यस्तो रकम २ वर्षभित्र तिर्नुपर्ने बजेटमा उल्लेख छ ।
यस्तै सरकारले बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान गरिदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पढ्दै अर्थमन्त्री बिष्णु पौडेलले बिपन्न परिवारको घरमा निशुल्क बिद्युत जडान गरिने व्यवस्था मिलाउने जानकारी दिएका हुन् ।
घरायसी प्रयोगमा आउने माइक्रो ओभन, वासिङ मेसिन, चुल्हो आदिको भन्सार महसुल छुट दिने घोषण पनि सरकारले गरेको छ ।
- ADVERTISEMENT -

विद्यार्थीलाई ल्यापटप किन्न ऋण, बिपन्नको घरमा निशुल्क बिजुली
May 29, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
