२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४ हजार

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते
- ADVERTISEMENT -

काठमाडौं / सरकारले वृद्ध भत्ता बढाएको छ। अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वृद्ध भत्ता ३३ प्रतिशतले बढाएर ४ हजार पुर्‍याएको हो ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन् । हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।
सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

- ADVERTISEMENT -