२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

खाल्डोमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते
- ADVERTISEMENT -

महोत्तरी / महोत्तरीमा इट्टा उद्योगले माटो झिक्न खनेको खाल्डोमा जमेको पानीमा डुवेर दुई जना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौलीका एकैपरिवारका दुई दाजुभाई रहेका छन् ।
गोठबनोली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमारको घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
मृतक दुवै दाजुभाईको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -