२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

कोरोना स्वास्थ्य अभियानको लागि १ लाख सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते
Photo : Temal.
- ADVERTISEMENT -

काभ्रे / तामाङ चिकित्सक समाज काभ्रेलाई कोरोना स्वास्थ्य अभियान संचालनको लागि आर्थिक सहयोग प्राप्त भएको छ । नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ र महासचिव महितकुमार तामाङले तामाङ चिकित्सक समाजका अध्यक्ष डा दिलबहादुर थोकर र कोषाध्यक्ष डा निराजन दोङ तामाङलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
कोरोना पीडित र संक्रमितहरुलाई स्वास्थ्य सेवा तथा परामर्श दिन यो अभियान सञ्चालन गरेको समाजका अध्यक्ष डा. दिलबहादुर थोकरले जानकारी दिए । अभियान नेपाल तामाङ घेदुङ र तामाङ चिकित्सक समाजको सहकार्य तथा समन्वयमा सञ्चालन गरिने अध्यक्ष थोकरको भनाइ छ ।
कोरोना स्वास्थ्य अभियान सफल बनाउन सो सहयोग महत्वपूर्ण भएको बताउँदै घेदुङको साथमा अभियान चलाउन पाउँदा हौसला बढेको उनले बताए ।
संघीय उपाध्यक्ष घिसिङले तामाङ चिकित्सक समाजसँग मिलेर कोरोना भाइरस विरुद्धको लडाइँमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनले कोरोना सामान्य स्थितिमा नआएसम्म साथै रहने प्रतिबद्धता व्यक्त गरे ।

- ADVERTISEMENT -