२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

सशर्त पुरानो कमिटी ब्युँताउन ओली तयार

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते
File Photo.
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी सशर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउन ओली तयार रहेको एमाले स्रोतको भनाइ छ ।
यसका लागि अध्यक्ष ओलीले पार्टी २०७५ जेठ २ गते फर्किएको घोषणा गर्नेछ । त्यसपछि त्यतिबेलाको स्थायी कमिटिको बैठक राखिनेछ । यसका लागि एमालेका दोस्रो तहका नेताहरु लागिपरेका छन् । ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सेरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई क्रियाशील रहेका छन् । यस सम्बन्धि समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -