काठमाडौं / फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम मानिएको जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल आज राति ९ः४५ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन् ।
‘हरेक खेल सुन्यबाट सुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ । हाम्रो लक्ष्य सुरुबाट खेल जित्ने छ ।’ प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, ‘हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ ।’
यसअघि भएको खेलमा चाईनिज ताईपेलाई २ शुन्य गोल अन्तरले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । ‘हामीले जोर्डनका लागि त्यति नै तयारी गरेका छौं । जति ताईपेविरुद्ध गरेको थियौं ।’ उनले भने ।
जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।
‘सबैको अपेक्षा छ, हामीले तीन अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि सम्भव छ । मैले नेपालले ईराक र ताईपेविरुद्ध खेलेको हेरेको छु । तर उनीको स्तर र खेल्ने शैली पुरै परिवर्तन भएको छ ।’ उनले भने ।
छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन ।
नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ । -मकालुखबरबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपाल आज जोर्डनसंग भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09














