काठमाडौं / पछिल्लो २४ घण्टामा २,४०७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा आइतबार सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘मानिसहरु परीक्षण गर्न हिच्किचाइरहेका छन् र परीक्षण दायरा पनि घटिरहेको छ ।’
यस्तै काठमाडौं उपत्यकामा मात्र ६५३ जना संक्रमित थपिएका छन् । संक्रमित संख्या घटे पनि संक्रमित दर भने घटेको छैन । मुलुकको औषत संक्रमित हुने दर आइतबार २२ दशमलव ५ प्रतिशत छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित कर्णाली प्रदेशमा छ । मुलुकमा आइतबारसम्म सक्रिय संक्रमित संख्या ६८ हजार ९५५ रहेको छ ।
मुलकुमा सक्रिय संक्रमित ३८ प्रतिशत छन् । जसमध्ये १६ प्रतिशत लुम्बिनीमा र १३ प्रतिशत प्रदेश १ मा रहेका छन् । बागमती प्रदेशको काठमाडौं जिल्लामा ३१.५ प्रतिशत सक्रिय संक्रमण छ । आइतबार ४६ जनाको मृत्यु भएको छ ।
- ADVERTISEMENT -

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि
June 13, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
