२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढी पहिरोले ११ जनाको मृत्यु, २५ जना बेपत्ता

प्रकाशित मिति : २०७८ असार ४ गते

काठमाडौं / लगातारको वर्षा, बाढी र पहिरोमा परेर विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्राकृतिक विपद्को घटनामा परेर २५ जना हराइरहेका छन् ।
मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ पाँच बजेसम्म देशभर मनसुनजन्य घटनामा परेर १२९ भौतिक संरचनाहरु पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् । केन्द्रका अनुसार वर्षा सँगै सिन्धुपाल्चोकमा हिजो आएको बाढीमा परेर सबैभन्दा धेरै तीन जनाको मृत्यु भएको छ भने १५ जना अझै हराइरहेका छन् । यसैगरी बाढी र पहिरो को घटना परेर बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा पनि एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । बाढी र पहिरोले मनाङमा सबैभन्दा धेरै भौतिक क्षति पु¥याएको छ । त्यहाँ सडक, बेलिब्रिज, झोलुङ्गे पुल, सामुदायिक भवन तथा सरकारी भवनमा समेत क्षती पुगेको केन्द्रले जानकारी दिएको छ ।
यसैबीच आगामी तिन दिन देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा जारी रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केहि भू(भागमा भारि वर्षा हुने सम्भावना रहेकोले सो प्रदेशहरुको पहाडी भू–भागमा पहिरोको जोखिम कायमै रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । file pic

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91