२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

देवघाटमा विभिन्न प्रजातिका दुई सय बृक्षरोपण

प्रकाशित मिति : २०७८ असार ४ गते
- ADVERTISEMENT -

चितवन / तनहुँको देवघाटमा विभिन्न प्रजातिका करिब दुई सय वटा बृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँ दमौलीको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा चुरे संरक्षण दिवसको अवसर पारेर तनहुँको देवघाटमा सो बृक्षरोपण गरिएको हो ।
देवघाट गाउँपालिकाको सिटी हल परिसरमा गरिएको बृक्षरोपणमा विभिन्न प्रजातिका म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखन्ड,रक्तचन्दन, अशोक , तेजपत्ता, अम्बा , धुपी, कटहर, बेल, पारिजात लगायतका छन् ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले चुरे क्षेत्रको संरक्षणका लागि सबैजना आफ्नो स्थानबाट लाग्नुपर्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका वडा नं. ५ का अध्यक्ष यालबहादु गुरुङ, देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज सुशील लामिछाने, देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त, लियो क्लव अफ चौतारी देवघाटका आत्मराम पाण्डे, टोलबिकास संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -